Breaking

यी प्रदेशहरुमा वर्षाको सम्भावना


काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का पानी परिरहेको छ। भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भू-भागबाट नेपाल प्रवेश गर्न लागेको महाशाखाले जनाएको छ । त्यही वायुका कारण सुदूरपश्चिमका भूभागमा एकाध घन्टापछि वर्षा हुने सम्भावना देखिएको छ।
आज दिउँसो पनि पहाडी भू-भागहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।

राती पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। रातिपनि कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना महाशाखाले जानकारी दिएका छ।