काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । कर्नाटकमा आफ्नो पार्टीले पराजय भोगेर विदेशी यात्रामा निस्किएका मोदीको विदेशी समकक्षीसँगको भेट भने फलदायी देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनको बिदेश यात्राले कर्नाटको जनताले बिश्वास नगरे पनि उनलाई विभिन्न देशका समकक्षीसँगको भेटले भने उत्साह थपिएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा सहभागी हुने क्रममा गत शुक्रबार स्वदेश छोडेका मोदी कूटनितिज्ञसंगको भेटले झनै शक्तिशाली भएको महसुस गरिरहेका छन् । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गरेका मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गरेका थिए ।
अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उनले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिएका थिए । युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्न आफूले भरमग्दुर प्रयास गर्न युक्रेनी राष्ट्रपतिलाई दिएको आश्वासनका साथै ‘अमेरिकी राष्ट्रपतिले लोकप्रियता देखेर आफूलाई इष्र्या हुने’ बताएको समाचार सेलाउन नपाउँदै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सूर्यास्तपछि पनि प्रधानमन्त्री मोदीको स्वागत गर्दै निहुरेर खुट्टा छोएका तस्बिर र समाचार भाइरल भए ।
मोदीले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेसँग ‘फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलन संयुक्त रूपमा आयोजना गर्नेछन् । मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुन् । पपुवा न्यू गिनीमा उनले जेम्स मारापे र गभर्नर जनरल बब डाडेसँग द्विपक्षीय वार्ता गरेका थिए । उनलाई विशिष्ट सम्मान ‘कम्प्यानियन अफ द अर्डर’ समेत प्रदान गरिएको थियो ।
प्रशान्त क्षेत्रका टापु राष्ट्रबाहेकका मुलुकका नेतालाई यो सम्मान विरलै प्रदान गरिन्छ । पपुवा न्युगिनीको भ्रमण पूरा गरी प्रधानमन्त्री मोदी अष्ट्रेलियाको सिड्नीमा व्यस्त भए । उनले आफ्ना समकक्षी एन्थोनी अल्वानिजसँग द्विपक्षी हित र चासोका विविधि विषयमा विचारविमर्श गर्नाका अतिरिक्त वैज्ञानिक तथा अष्ट्रेलियाका प्रसिद्ध सात जना व्यक्तित्वसँगै बेग्लाबेग्लै भेटवार्ता गर्नुका अतिरिक्त मेलवर्नबाट विमान नै चार्टर गरेर आएका भारतीय डायस्पोरासँग भेटघाट गरेका थिए ।
उनलाई भेट्न पुगेका ९२ वर्षीया एक जना डाक्टरले भारत निर्माणको अभियायनमा लागेका मोदी सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्रीको उपस्थितिमा अष्ट्रेलिया सरकारले सिड्नीको ह्यारिस पार्कको सडकलाई ‘लिटल इन्डिया’ पुनः नामाकरण गरिएको छ । भारत र अष्ट्रेलियाबीच व्यापार, लगानी, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा सुरक्षा तथा सहयोगबारे भएका छलफलले निकट भविष्यमा कार्यान्वय हुने र त्यसले पारस्परिक सम्बन्ध अझ सुमधुर तुल्याउने अपेक्षा गरिएको छ । भारतमा पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षवीच तुस बढ्दै गएता पनि अन्तराष्ट्ररुपमा जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमणबाट सफलता कमाए, यो भारत देश र प्रधानमन्त्री मोदीका लागि सकारात्मक पाटो हो ।
प्रतिक्रिया