काठमाडौँ — नक्कली भुुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जना अभियुक्तहरुलाई शुक्रबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको मुद्दामा शुक्रबारबाट पक्राउ परेकाहरुको बयान सुरु भएको छ भने, अर्का तर्फ नेपालकै चर्चित अधिवक्ताहरु नै अभियुक्तको पक्षमा वकालत गर्न अभियुक्तलाई थप समस्या पर्ने देखिन्छ । नक्कली भुुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कथित भीआइपीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १७ जना अभियुक्तहरुलाई शुक्रबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।
गोला प्रथाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको मुद्दामा केशव दुलाल र सागर राईको बयानबाट बयान लिने क्रम सुरु भएको छ । शुक्रबार नै प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।यद्यपी फरारको खोजीमा रहेको प्रहरीले केही सफलता प्राप्त गरेपनि अझ धेरैउपर अनुसन्धान गर्न बाँकी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने पोलिएकै भरमा पक्राउ गर्न नमिल्ने तर प्रमाण प्राप्त हुनासा कसैला उन्मुक्ति नदिने बताउँछन् ।
शनिवार सार्वजनिक बिदा भएको कारण अब आईतबारमात्रै बयान सुरु हुनेछ । फेरि त्यसको भोलीपल्ट १५ गते सोमबार गणतन्त्र दिवस परेकाले सार्वजनिक विदा हुनेछ । र त्यो दिन पनि अदालत बन्द रहनेछ । मंगलबार अर्थात् १७ गतेबाट मात्रै अदालतमा बहसका लागि नियमित गति पाउने स्थिति हुँदा मुद्दामा मुछिएका आरोपीहरुले न्यायधीश न्यौपानेसमक्ष अदालतका कर्मचारीमार्फत इजलासमा बयान दिनेछन् । समयको हदबन्दीले यो बयान दिनमा २ जना सम्मको हुन सक्ने जानकारहरु बताउछन् । सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गराएको अभियोगमा ३० जना प्रतिवादी छन् । तसर्थ पनि यो मुद्धाको बहस सकिन १० देखि १५ दिन लाग्ने निश्चित छ । यतिन्जेल आरोपीहरु हिरासत कक्षमै हुनेछन् ।
सम्मानित अदालतमा न्यायधीश समक्ष आरोपीको बयान सकिएपछि सरकारी वकिल र प्रतिवादीको तर्फबाट बसह सुरु हुन्छ । यो मुद्धामा बहस गर्न सरकारी वकिलको तर्फबाट कम्तिमा पनि ५ देखि ७जना वकिलहरु खटिनेछन् । सरकारी वलिकको तर्फबाट पहिला सबै प्रतिवादी विरुद्धको बहस सकिएपछि मात्रै प्रतिवादीका वकिलहरुले बहस गर्न पाउँनेछन् । यो मुद्धामा सरकारी र नीजी वकिलहरु पाँच दर्जन माथि हुने अनुमान गरिएको छ । सरकारी वकिल कम्तिमा पाँच, ३० जना प्रतिवादीले २ जनाका दरले निजी वकिल हायर गर्दा पनि ६० र वकालतका लागि थप नाम टिपाएर बोल्न चाहाने अधिवक्ताको संख्या अधिक हुने भएको हँदा मोटामाटी ७०÷७५ को हाराहारीमा वकिलहरुको जम्वो टोलि हुने आंकलन गरिएको छ ।
ठगीमा परेको भन्दै जाहेरी दिने पीडितहरुले समेत आ–आफ्नै वकिल खडा गरेका छन् । आमसर्वसारणले भने, यो हदसम्मको अपराध कर्ममा लागेका राजनीतिक घरानाका यी भ्रष्टहरुको वकालत गर्ने जिम्मा कसले लिन्छ भन्ने पनि चासोका साथ हेरेका छन् । यो मुद्धामा आरोपी सबैको बयान सकिएपछि मात्रै थुनकेछ बहस सुरु हुन्छ । उदाहरणका लागि पहिलो दिन केशव र सागरको बयान सकिए पनि त्यतिनै बेला उनीहरु माथि थुनछेक बहस हुँदैन । उनीहरुले अन्य आरोपीको बयान सकिउन्जेल समय कुर्नु पर्नेछ । त्यसपछि आरोपीको बयान सकिएपछि नीजि वकिलहरुले इजलासमा आफ्नो जिरह पेश गर्नेछन र यो प्रकरणमा वकिलको संख्या अधिक हुने हुँदा बहस पैरबी लम्बिने पक्का छ ।
प्रतिक्रिया