Breaking

काभा महिला भलिबल सेमिफाइनलमा नेपाल आज काजकिस्तानसँग भिड्दै


काठमाडौँ – काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलअन्तर्गत आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो। आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ। खेल दिउँसो साढे २ बजेपछि हुनेछ।

समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।