Breaking

अनुसन्धानमा तानिँदै आरजुमञ्जुदेखि राजेशसम्म,प्रहरी प्रमाण खोज्दै, को–को छन् शंकाको घेरामा ?


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता भईसकेपछि आरोपीहरुका वयान मिडियामा आएको मात्र छैन कसको के भूमिका भन्ने समेत छताछुल्ल भएको छ । जहाँ नाम मुछिएकाहरुमध्ये पनि धेरैजनाले प्रमाण अभावको बहानामा छुट पाएको समेत छर्लङ हुदाँ उनीहरुमाथि पनिअनुसन्धान हुनुपर्ने माग बढ्दो छ । यहि वुझेकै कारण प्रहरीले पुरक अनुसन्धानको बाटो कायमै राख्दा छुट पाएका आशंका गरिएका गिरोहलाईपनि अनुसन्धानमा तान्नुपर्ने दवाव बढेको हो । नक्कली शरणार्थी प्रकरणमा आफू नेतृत्वको सरकारको पालामा कुनै गडबडी नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दावीकै वीच उनका नजिकका मान्छेको नाम पोलिएको खवर बाहिरियो ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ती शाक्य समेतको समेत नाम मुछिदा प्रहरीले भने उनीहरुविरुद्ध तत्काल पर्याप्त प्रमाण नदेखिएको भन्दै अनुसन्धानमा ल्याएन । पक्राउ परेका १६ जनासहित ३० जना विरुद्ध चार्ज सिट लगाएको प्रहरीले नाम मुछिएपनि ओलीले नै अख्तियार प्रमुख बनाएका प्रेमकुमार राईलाई समेत सोधपुछ समेत गरेन । यद्यपीस्वयम ओलीकै नजिक पुगेको यो प्रकरणमानेकपा फुट्दा माओवादी छोडेर ओली रोजेका नेता र उनीहरूका परिवारमध्ये कोहि पक्राउ नै परेका छन भने कोहि फरार सूचिमा छन । जहाँ ओलीले भने यो नाम पत्रकारले मुछिदिएको भन्दै प्रतिक्रिया दिदै आएका छन ।

कांग्रेस सभापती शेरहबहादुर देउवा पत्नी आरजु राणा र प्रहरी हिरासतमा रहेको वालकृष्ण खाँणकी पत्नी मन्जुको नाम पनि सो प्रकरणमा जोडिएर आएको थियो। बयानका क्रममा आरजुले रकम नबुझेको बताए पनि खाँण पक्राउ परेदेखि एकपटक पनि सम्पर्कमा नआएकी मन्जु त विदेश फरार भएकै खवर आए । तर शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा उनी संसदमा नै देखिईन । भाईरल भएको अडियोमा अञ्जान व्यक्तिले फोनमा कुरा गर्दै आरजु देउवा र मञ्जु खाणलाई करोडौं रकम दिएको बताएपनि उनीहरुमाथि अनुसन्धान हुनुपर्ने माग हुँदा राणाले साईवर व्यूरोमा उजुरी नै दिएकी थिईन । जुन अडियो सन्देश शर्माको भएको प्रमाणित हुदाँ पनि प्रहरीले आरजु मन्जुलाई सोधपुछ समेत गरेन ।

तर सरकारी वकिलको कार्यालयले बुधबार दायर गरेको अभियोगत्रमा अनुसन्धान गरी थप दाबी अभियोगपत्र पेस गरिने जनाएको छ ।यसले उनीहरु तत्काल जोगिएपनि अनुसन्धानबाहिर नरहेको प्रष्ट हुदाँ गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न निर्देशन दिएको बताएका छन । यद्यपी कसैले नाम लिएकै भरमा मुद्धा चलाउन भने नमिल्ने उनको भनाई छ ।

यी अभियुक्तहरूले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहसचिव महेश्वर न्यौपाने, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायतको पनि नाम लिएका छन् । जसले पक्राउ परेका तथा फरार सहित ३० जना विरुद्ध मुद्धा नै दर्ता भएको अहिलेको अवस्थामा अझै अनुसन्धान जारी रहनुले यी बाँकिको पनि निद हराम भएको छ । जहाँ सडक देखि सदनसम्मै यो विषय उठ्दा बढ्दो दवावले सेटिङमा मिलाउने आशा माथि पनि कुठराघात हुने देखिएको छ ।

त्यसमाथि आरोपीका वयान नै बाहिरिदा खण्डन गर्ने र बच्नु विकल्प पनि बन्द भएको छ । यसरी उनीहरुमाथि सोधपुछसम्म नभएपनि हुनुपर्ने माग अझ वलियो बन्दा ओलीले दिएको अभिव्यक्ति पहिलेबाटै आफ्ना नेता जोगाउन लागेको आरोप खेपेको एमाले माथि नै पनि प्रश्न उठ्ने अवस्था छ । फलत एमाले नेता योगेश भट्टराईले भने तत्थ्य र प्रमाण पुगे कोहि माथि पनि अनुसन्धान हुने कुरा स्वभाविक भएकोे भन्दै ओलीको बचाउ गरेका हुन ।

यसरी मिलान भएको भनिएको प्रकरणमा छुट पाएकाहरुलाई पनि साच्चै संलग्न भएको भए वच्ने बाटो बन्द भएको हो । जहाँ पक्राउ परेकाहरुत दह्रो प्रमाणकै कारण शिर्ष तहमा हुने सहमतीले बच्ने असम्भव भएको निश्चित प्राय नै छ । यसरी व्यवस्थापन गर्न नसकिने गरेर अघि बढेको मुद्धा र बढ्दो दवावकै कारण यो प्रकरणमा अर्को नयाँ रोचक अध्यायको सूरुवात हुने सम्भावना बढेर गएको हो ।