Breaking

चेपुवामा पर्दै गगन थापा,रास्वपाले दुखायो कांग्रेसको टाउको ! तथालिङ संगठन लिएर कहाँसम्मको यात्रा ?


काठमाडौँ — पुरानो धङ्धङ्ी र परिवर्तन हुन नसकेको नेतृत्व र सोहि अनुसार पार्टी संचालनको शिकार कांग्रेस बन्दा नयाँ दलहरुमा उलार बढ्दो छ । जसले गर या मरकै अवस्थामा पुराना दल पुग्दा त्यसको सवैभन्दा मारमा युवा भनिएका नेता बन्ने पक्का छ । यहि कारण रुपान्तरणको हुटहुटि लिएर अघि बढेका कांग्रेसका युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मालगायत नेता वारपारको अवस्थामा पुगेका छन् ।महाधिवेशनमा ‘रुपान्तरण’ र संसदको चुनावी अभियानमा ‘प्रधानमन्त्री’ अभियान लिएर अघि बढेका कांग्रेस महामन्त्री गगन थापा दुवैमा सफल हुन सकेनन् ।

महाधिवेशनमा पाका नेताहरुमा देखिएको एकता र संसदीय दलको नेताको चुनावमा मन्त्री हुने लोभ भोट ट्रान्सफर भएपछि पाखा लागेका उनको व्यक्तित्वमा निरन्तर क्षयीकरण भईरहेको छ । राजनीतिक भूमिकाका हिसावले विभिन्न विद्यार्थी आन्दोलनमा सक्रिय रहेका गगन ०६४ मा समानुपातिक सदस्यका रूपमा संविधानसभा प्रवेश गरे । मदन भण्डारीकै शैलीमा राजालाई चुनाव लड्न ललकारेर राज्यद्रोहको मुद्धा नै खेपेका गगन थापाको ओज त्यो समय देश हाक्ने युवाका रुपमा थियो भने उनका वरिपरि वौद्धिक भनिएका जमात नै थियो ।

त्यतिवेला उनको व्यक्तित्व युवा उमेरको रापमा धपक्क थियो भने काठमाडौंमा उनको लोकप्रियताले ठूलो उचाइ लिएको थियो । यतिमात्र नभएर गगनको वाक्पटुता र गतिशीलताको महिमा गाइन्थ्यो । गणतन्त्रकै नाराका कारण तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कोपभागी बनेका उनी अहिले अर्को निर्वाचनमा कहाँ बाट चुनाव लड्ने भन्ने सोच्नुपर्ने अवस्थामा पुगेका छन । अहिले जोस र रोष ओइलाउन थालेका गगन उप–निर्वाचनमा प्रतिष्ठाको लडाई भन्दै मोर्चामा खटिएका उनका भाषण, केहि पाउने आशामा देउवाप्रति बढेको अन्य नेताको आकर्षणले राजनीतिक रुपमा अझ एक्लिदै समेत छन । जहाँ पुरानाप्रति देखिईरहेको आम नागरिकको वितृष्णाको मारको अर्को पाटो पनि छ ।

अहिले दाई भाउजुको पेलान खप्न नसक्ने भन्दै मनिष झा, स्वर्णिम वाग्लेजस्ता खम्बा अहिले रास्वपामा गएर राम्रो पोजिसन बनाईसकेका छन । जहाँ भताभुङ्ग कांग्रेसमाथि प्रश्नको चाङ लाग्दा विश्वप्रकाश शर्मालाई लिएर हिडिरहेका गगन सवैभन्दा बढि जोखिममा छन । राजनीतिक विश्लेषक अरुण सुवेदी यो चुनौती अझ बढ्ने तर्क गर्छन । राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उलार कांग्रेसको ठाँउ लिने गरेर अघि बढेको बताउने उनी गगन जस्ता युवा अझ बढि जोखिममा पर्ने तर्क गर्छन् ।

हुन पनि रणनीतिक रुपमा समेत सहमहामन्त्री पाए कांग्रेसबाटै राजनीति सुरु गराउन रवि लामिछानेलाई अघि सारेका गगन थापामा त्यसमा सफल भएनन् । राप्रपाका सुनिल थापा स्वीकारेका सभापती शेरबहादुर देउवालाई रवि स्वीकार्न बाध्य पार्न नसकेका गगनले आफ्ना पिल्लर मनिष स्वर्णिम जस्तालाई समेत टिकट दिलाउन सकेनन् । जसले रविलेमात्र छुट्टै बाटो मात्र अपनाएनन् कि मनिष र स्वर्णिम जस्ताले समेत पार्टी छोडे । जसले चुनावमा घण्टी कांग्रेसको आरोप खेपेका गगन थापा त्यहि घण्टीबाट बढि जोखिममा छन ।

तर पार्टी छाडेर नै हिड्ने अवस्थामा समेत नरहेका अति भयो भने पनि पार्टीभित्रै संघर्ष गनुपर्ने बाध्यतामा उनी देखिन्छन । जहाँ पदाधिकारीकै कार्यक्षमतामाथि प्रश्न उठाएर गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, मधु आचार्य जस्ता नेता देशव्यापी अभियानमा लागि परेका छन । यसरी जिम्मेवारी पनि बोक्नु पर्ने तथा प्रश्न पनि उठाउनुपर्ने दोहोरो मारकै कारण महामन्त्री विश्वप्रकाश शर्माले यहि अवस्था रहे राजिनामा दिनेसम्मको चेतावनी दिएका थिए ।

गगनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताँउदै अब सहन नसकिने बताँउदा राजनीतिक विश्लेषक सुदर्शन आचार्य दुवैजनालाई अव गर या मरको अवस्था रहेको बताउँछन । अहिले देखिएको असन्तुष्टि विगतको जस्तो नभएका भन्दै उनले कांग्रेसका महामन्त्रीहरुको आगामी कदम आफूले चासोपूर्वक हेरिरहेको बताउँछन् ।

यहि कारण गल्दै नगल्ने पुरानो नेतृत्व, कांग्रेस सकिए लोकतान्त्रिक आन्दोलनकै अवसानको आक्षेप खेप्ने महामन्त्रीमाझ अव धेरै विकल्प नभएको विश्लेषकहरु बताउँछन । फलत ः पार्टीमै बसेर उनले सोचेको जस्तो परिवर्तन ल्याउन सकिन्छ वा बालेन शाह र रवि लामिछानेले जस्तै उनी पनि स्वतन्त्र उठेर वा नयाँ पार्टी खोलेर यो परिवर्तनको पक्षमा उभिने भन्ने निर्णयसम्मको बाध्यतामा गगन–विश्वप्रकाशहरु छन । जुन विकल्प पनि छिट्टै नरोजे विकल्पहिन बन्ने बाटोमा उनीहरु बढ्दा यो पटकको चेतावनी पनि घुर्की मै सिमित हुने देखिन्छ ।