Breaking

रौतहटमा गोली हानेर ७० वर्षीय वृद्धको हत्या


काठमााडौँ — रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो ।

हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव घरभन्दा १ किलोमिटर टाढा भेटिँदा शंका उब्जिएको छ । टाउकोमा गोली हानेर हत्या भए पनि प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन ।