Breaking

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौँ – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।
आज बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की सुत्केरी रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।