Breaking

रंगभेदी फुटबल समर्थकमाथी कठोर कारबाही, भ्यालेन्सिया क्लबमाथी बज्रपात


काठमाडौँ — स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ला लिगा विभेदकारीहरुको अखडा भएको टिप्पणी गरेका छन् । ला लिगाअन्तर्गत रियल मड्रिड र भ्यालेन्सियाबीचको खेलका क्रममा जुनियरमाथि भ्यालेन्सियाका खेलाडीहरुले जातीय विभेद गरेपछि जुनियरको यस्तो भनाइ आएको हो । काला जातीविरुद्ध गोरा जातिहरुको दमन कुनै नयाँ होइन । यो विभेद विश्वका विभिन्न देशहरुबाट अझै हट्न र हटाउन सकिरहेको छैन । गोरा र कालाहरूका बीचको विभेद चरम अवस्थामा रहेकै कारण कालाहरूले अपमानित र उपेक्षित अनुभव गरिरहेका छन् ।

पछिल्लो समय स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ला लिगा विभेदकारीहरुको भएको टिप्पणी गरेका छन् । रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध १–० को पराजय भोगेको खेलमा ९७ औँ मिनेटमा ह्युगो डुरोसँग विवाद गरेको भन्दै जुनियर रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । त्यसअघि २२ वर्षीय ब्राजिलियन फरवार्ड जुनियरले भ्यालेन्सियाका समर्थकहरुले विभेद गरेको भन्दै रेफ्रीको ध्यानाकर्षण गराएका थिए ।

यसअघि ला लिगा रोनाल्डिन्हो, रोनाल्डो, क्रिस्टियानो तथा मेस्सीको भएपनि अहिले यो विभेदकारीहरुको भएको जुनियरले सामाजिक सञ्जाल इन्टाग्राममा लेखेका छन् । उनले जातीय विभेद ला लिगामा एक वा दुई पटक मात्र नभएर अहिले सामान्य बनिसकेको समेत जनाए । जुनियरले ब्राजिलियन नागरिकको दृष्टीमा स्पेन अहिले एक जातीय विभेद गर्ने देशको रुपमा चिनिएको समेत दावी गरे । यस सिजन जुनियरमाथि बारम्बार दुव्र्यवहार भइरहेकोे उनको भनाई छ । जुनियरमाथि भएको रंगभेदी दुर्व्यहारका कारण स्पेनिस फुटबल क्लब भ्यालेन्सियालाई जरिवाना समेत गरिएको छ ।

स्पेनिस फुटबल फेडेरेसनले भ्यालेन्सियालाई घरेलु मैदान मेस्टाला स्टेडियमको केही स्थान ५ खेलका लागि बन्द राख्न निर्देशन दिएको छ । फेडेरेसनले भ्यालेन्सियामाथि ४८ हजार अमेरिकि डलर जरिवाना समेत तोकिएको छ । भ्यालेन्सियाको मेस्टाला स्टेडियमको दक्षिण भाग पाँच खेलका लागि बन्द हुने भएको छ । यस निर्णयविरुद्ध भ्यालेन्सियाले १० दिनभित्र अपिल गर्नुपर्नेछ ।
रियल र भ्यालेन्सियाबीचको खेल चलिरहँदा विवादमा परेपछि २२ वर्षीय जुनियरलाई रातो कार्ड समेत देखाइएको थियो । तर फेडेरेसनले भने उनीमाथि एक खेलको प्रतिबन्ध फुकुवा हुने जनाएको छ ।

रंगभेदी व्यवहार गरे पछि ब्राजिलका राष्ट्रपति लुला सिल्भाले यस्मा गम्भीर चासो देखाएका छन् । आफ्ना खेलाडीमाथी स्पेनमा खेल दौरानमा भएको रंगभेदी व्यवहारमा सम्वन्धीत निकायले कडा कदम चाल्न चेतावनी दिएका छन् । राष्ट्रपति लुलाले रियल मड्रिडमा रहेका आफ्ना खेलाडीमाथि भएको यो व्यवहारलाई अमानावीय हर्कतको संज्ञा दिदै अहिलेको समयमा पनि खेलाडी वा जो कोहीमाथी पनि रंगकै आधारमा हुने गरिने भेदभावलाई सहन नसकिने बताएका छन् । राष्ट्रपतिले आफ्नो अफिसियल सामाजिक संजालमा भिनिसियसलाई सर्मथन जनाउदै शन्देश लेखेका छन् ।

एक गरिब केटोले जोे जिवनलाई जित्यो, जो विश्वका उत्कृष्ट खेलाडीहरु मध्ये एक हुन् । हामी रंगभेदीलाई फुटबल स्टुडियमहरुमा कब्जा गर्न दिने छैनौ । रंगभेदीको सिकार बन्नेमा यो पहिलो घटना भने हैन । बारम्बार रंगभेदी घटनाले फुटबल जगतमा निकै निरासापन देखिएको छ । यस प्रकारको घृणित कार्यलाई तत्काल रोक्न सक्ने सम्भावना भने देखिन्दैन ।