Breaking

उच्च तहका नेताहरूको हर्कतले देशको इज्जतै गयोः पूर्वराजा ज्ञानेन्द्र

योहो संवाददाता

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले स्वाभिमानी नेपालीको अस्तित्व छ या छैन भन्ने कुरामा प्रश्न उठेको बताएका छन् । सोमबार धनगढीमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् । उनले भने नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् त्यसबाट हाम्रो इज्जत गौरव सबै लोप भएर गएको छ।

देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ । उनले अहिले नेपालमा उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए । उनले प्रश्न गरे के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल होरु के नेपालको आफ्नो अस्तित्व छैनरु हामी वीर‚ परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम‚ सीप सबैथोक खोसिएको त छैनरु’ शाहले भने, ‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ ।