काठमाडौँ — बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाडौं ल्याएको छ । हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ ।
मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टोलीले जहाजलाई काठमाण्डौ ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।
प्रतिक्रिया