Breaking

अनुसन्धानमा खुलेको पाटो, नक्कली शरणार्थीका सक्कली खेलाडी,पक्राउ परेका १६ अभियुक्तको नालीबेली यस्तो

योहो संवाददाता

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध नै अहिले अनुसन्धान चलिरहेको छ । ठगि र संगठित अपराधमा अनुसन्धान भइरहेपनि राज्यविरुद्धको अपराधसमेत आकर्षित भएको छ । पक्राउ पर्ने क्रम रोकिएको छैन । अहिलेसम्म पक्राउ परेका व्यक्तिहरुको भूमिका के थियो त ? नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने अपराधका सबैभन्दा उच्च ओहदाका व्यक्ति हुन् टोपबहादुर रायमाझी ।

पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र पाँचपटक मन्त्री भएका उनी माओवादीको पार्टी सचिव र संसदीय दलको उपनेता हुँदै एमालेको सचिवसम्म भएका व्यक्ति हुन् । ११ दिन फरार भएपछि बैशाख ३१ मा पक्राउ परेका उनी अहिले प्रहरीको अनुसन्धान दायरामा छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार वा मतियारका नाइके नै उनी भएको तथ्य प्रारम्भिक अनुसन्धानले देखाएको छ ।