Breaking

आगामी वर्षदेखि जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा


काठमाडौँ — आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका हुन् । उनले जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए नभएको समेत अनुगमन गर्ने बताएका छन् ।

त्यस्तै सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रुपमा प्रदान गरिने जनाएको छ । आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लगत तयार गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिका विकास गरी जग्गाको खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाइनेछ ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भूमि प्रशासनसम्बन्धी प्रविधि र प्रणालीलाई स्तरोन्नती गरिने सरकारको योजना रहेको पनि बताए ।