Breaking

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षाको सम्भावना


काठमाडौँ आज पनि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान पनि कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। यसबाहेक देशभरका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशतसम्म आकाशमा बादल) भएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहेको जनाएको छ।।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको र आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातिकोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षा हुने सम्भावना पनि छ।

महाशाखाका अनुसार २-३ दिन मौसम ‘डिस्टर्ब’ (गडबड) नै हुने देखिएको छ। मौसमविद्ले सामान्यताय ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छन्।