काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए ।
उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । यसअघि प्रहरीले टोप बहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङ टावा शेर्पा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।


प्रतिक्रिया