काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले पुरानै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउने वा नयाँ ल्याउने भन्ने विषयमा छलफलको क्रममा रहेको बताए ।
दोस्रो पटक दुवै सदनबाट पारित भएर गएको विधेयक राष्ट्रपति कार्यालयमा होल्ड भएर बसेको छ । त्यसको पोजिसन के छ रु प्रमाणीकरण गर्ने वा अरू बाटो के हुन्छ भन्ने विषयमा छलफल चलिरहेको छ । प्रचण्डले भने, बार एसोसियसन, संविधान र कानुनका विज्ञसँग हामीले बालुवाटारमा छलफल गरेका थियौं ।
पूर्व तथा वर्तमान महान्यायाधिवक्ता र विज्ञले सर्वसम्मत रुपमा राष्ट्रपतिले त्यही विधेयक प्रमाणीकरण गर्न सक्ने सुझाव दिनुभएको छ । उनले यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउँदा उनले पनि आफूले कानुन र संविधानविदसँग राय लिएर मात्रै टुंगोमा पुग्ने जानकारी पाएको बताए । मैले बुझेसम्म उहाँ पनि अहिले छलफलकै क्रममा हुनुहुन्छ’, प्रचण्डले थपे ।


प्रतिक्रिया