Breaking

यी स्थानहरुमा वर्षाको सम्भावना


काठमाडौँ – देशका पहाडी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई बादल विकास हुनेछ । यस्तै तराईमा पनि अलिअलि बदलीको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुईरस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको छ ।

आज तराई क्षेत्रमा भने खासै वर्षाको सम्भावना नरहेको जानकारी उनले दिए । कोशी प्रदेशको तराईमा अलिअलि बदली र वर्षाको सम्भावना रहेको भने अन्य प्रदेशका तराईमा यो सम्भावना नभएको बताएका छन् ।

यसैबीच बंगालको खाडीमा विकास भई म्यानम्यार र बंगलादेश प्रवेश गरेका ‘मोखा’ नामक शक्तिशाली चक्रवातको अब कुनै असर नेपालमा नआउने महाशाखाले जनाएको छ ।