Breaking

भुटानी शरणार्थी प्रकरणमा फरार शेर्पा प्रहरीसामू आत्मसमर्पण गर्दै


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्वसभासद् आङटावा शेर्पाले प्रहरीसामू आत्मासमपर्ण गर्ने भएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आङटावा शेर्पाले आफैँ प्रहरीसामू उपस्थित हुन लागेका हुन् । केही बेरमा आफू प्रहरी परिसर काठमाडौँ पुग्ने आङटावा शेर्पाले योहोखबर डटकमलाई बताएका छन् । अहिले आफू काठमाडौँमै रहेको बताएका छन् ।

तीन दिन अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरिरहेको थियो । नेपाली काँग्रेसका नेता समेत रहेका शेर्पाले प्रहरी हिरासतमा रहेका अन्य आरोपीहरुलाई भेटेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । उनले आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।