पर्यटन

कीर्तिमानी आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् सगरमाथा चढ्दै


काठमाडौँ – राष्ट्रिय विभुति नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पा सगरमाथा आरोहणको तयारीमा छन् । उनी अहिले क्याम्प २ बाट माथि उक्लिसकेका छन् ।

यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने उनको प्रयास असफल भएको थियो । दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् ।

शिखर चुमेर फर्किने क्रममा उनको निधन भएको थियो । सोनामले यसअघि ६वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् । सगरमाथासमेत आरोहण गरे सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने उनको इच्छा पूरा हुनेछ ।