Breaking

माओवादी केन्द्र आबद्ध भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन

योहो संवाददाता

काठमाडौँ — माओवादी केन्द्र आबद्ध विभिन्न सङ्गठनले आज माइतीघरमा प्रदर्शन गरेका छन् । नक्कली शरणार्थी काण्डमा मुछिएका सबैलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।​ वाइसीएल बागमती कमिटीको नेतृत्वमा माओवादी केन्द्र आबद्ध जनवर्गीय संगठनहरू सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूले पूर्व माओवादी नेता एवं हालका निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध चर्को नारा लगाएका छन् । फरार रायमाझीलाई एमालेले लुकाएको उनीहरूको आरोप छ ।