Breaking

मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्य जेठ १ गतेदेखि बन्द हुने


काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्य जेठ १ गतेदेखि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स एवं सुरूङको बाँकी मर्मत कार्यका लागि पानी पथान्तरण स्थगित गर्न लागिएको हो ।

यस वर्ष वर्षायाम सकिएलगत्तै पानी पथान्तरण गर्नु परेका कारण बाढीले पुर्‍याएको क्षतिको मर्मत गर्न नपाइएको भन्दै आयोजनाले पानी वितरण रोक्नुपरेको जनाएको छ । आयोजनाको हेडवर्क्समा २०७८ सालको बाढीले क्षति पुर्‍याएको थियो ।

परामर्शदाताका अनुसार मर्मतका लागि ८ देखि १५ दिनसम्म लाग्ने भएकाले सो अवधिभर पानी वितरण स्थगित हुने आयोजनाले जनाएको छ ।