Breaking

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

योहो संवाददाता

काठमाडौँ – संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको हो ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।