काठमाडौँ — दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् । दिगो विकास तथा सुशासन समितिमा कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्नुपर्ने आवाज उठेको छ ।
समिति सदस्यहरुले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए । बैठकमा राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले आगामी वर्षको बजेटमा सरकारले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्न आवश्यक रहेको बताईन । उनले कृषि अनुदानलाई प्रभावकारी बनाउनु पर्ने, कृषकका उत्पादनहरुलाई बजारीकरण गर्ने र उत्पादन राख्ने चिस्यानकेन्द्रहरु स्थापना गर्नुपर्नेमा जोड दिइन ।
राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले मलखाद भारतबाट मात्रै नभइ चीन सरकारबाट पनि ल्याउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चीनबाट ल्याउँदा छिटो र सहजै आउने भएकाले मलखादका लागि चीन सरकारस्ँग सम्झौता अघि बढाउन सुझाव दिए । राष्ट्रिय सभा सदस्य मृगेन्दकुमार सिंह यादवले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्दा उत्पादनमा कमी भइरहेको बताए । उनले सरकारले हालसम्म बजेटको २ प्रतिशत भन्दा बढी कृषिमा लगानी नगरेकोप्रति
बैठकमा मन्त्रालयका मन्त्री र कर्मचारीहरुको इमान्दारिता नहुँदा कृषि क्षेत्रले समस्या व्यहोर्नुपरेको भन्दै आक्रोशका भाव पोखियो । समिति सदस्यहरुले सिंचाईको अवस्था अहिले पनि दयनीय रहेको भन्दै सरकारले कृषिको उत्पादन बढाउन सिंचाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन ।


प्रतिक्रिया