काठमाडौँ — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । खानलाई भ्रष्टाचार गरेको आरोपमा गत मंगलबार पक्राउ गरिएको हो । खानलाई पक्राउ गरिएपछि उनका समर्थकहरूले देशभर सुरु गरेको प्रदर्शन हिंसात्मक बनिरहेको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेसंगै भड्किएको हिंसामा परेर अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने १ हजारभन्दा धेरै समातिएका छन् । खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शन रोकिने कुनै संकेत देखिएको छ । बरु समर्थकहरुको प्रदर्शन थप हिंश्रक बन्दै गइरहेको छ । आन्दोलनकारीले बिरामी बोकेको एम्बुलेन्स र सरकारी सम्पत्तिमा समेत निशानामा पारेर आन्दोलन चर्काइरहेका छन् ।
खानलाई भ्रष्टाचार आरोपमा गत मंगलबार पक्राउ गरिएको थियो । खानलाई पक्राउ गरिएपछि उनका समर्थकहरूले देशभर हिंसात्मक प्रदर्शन सुरु गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार राति देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले हिंसात्मक प्रदर्शन नगर्न र सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने कडा चेतावनी दिएका छन् ।
खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफका अन्य नेताहरूमाथि पनि धरपकड सुरुगरेको छ । पूर्व विदेशमन्त्री समेत रहेका शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । इमरान खानका पार्टीका अन्य नेतालाई पनि धमाधम पक्राउ गरिएको छ । पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरामा छ । तपाईंहरु हाम्रो वास्तविक स्वतन्त्रताको युद्धलाई जारी राख्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जबसम्म इमरान खान रिहा हुँदैनन् ।
प्रदर्शन उग्र बन्दै गएपछि पाकिस्तानका सेनाहरू सार्वजनिक सम्पत्तिको सुरक्षामा खटिएका छन् । ७० वर्षीय खान पूर्व क्रिकेटर पनि हुन् । उनी पाकिस्तानका २२औँ प्रधानमन्त्री हुन् । उनी सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । पाकिस्तानमा यसै वर्षको अन्त्यमा आम निर्वाचन हुँदैछ । खानले भने आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । यसै वर्षको अन्त्यतिर पाकिस्तानमा चुनाव हुँदै ंछ । झन्डै २३ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा इमरान खान ज्यादै लोकप्रिय छन् । अहिलेको कानुनी समस्याहरूले उनलाई आफ्नो आधार क्षेत्रमा थप लोकप्रिय बनाउने बिज्ञहरु बताउछन् । यो तनावपुर्ण आन्दोलन काहाँ पुगेर रोकिने हो अहिले नै भन्न सकिने कुनै संकेत छैन ।
प्रतिक्रिया