Breaking

टोपबहादुरको केश ढिसमिस!, आरजु बचाउन देउवाले एमाले बचाए, ओली–प्रचण्डको भेटमा शंका, फिल्म खत्तम


काठमाडौँ — ८७५ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा ‘हाई प्रोफाइल’ व्यक्तिलाई बचाउन शीर्ष नेतृत्व एक ठाउँ उभिएको छ । जसले मुद्धा नै ढीसमिस हुने सम्भावना लगभग पक्का बन्दै गएको छ । जनयुद्धकालमा राज्यशक्तिसंग जोग्गिदै भूमिगत हुन सिपालु बनेका टोपबहादुर रायमाझीको बानी एमालेकालमा आइपुग्दासमेत कायमै देखियो ।आफ्नाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फेरि भूमिगत भएका छन् ।

तर जहाँ छन्, प्रहरीसंगको समन्वयमै भूमिगत छन् भन्नेमा कुनै गुञ्जायस छैन । नत्र पतालमा पुगेर पनि नछोड्ने नेपाल प्रहरीको परिचयले टोपबहादुरलाईआफ्नै पञ्जाबाट टाप कस्न दिने थिएन ।‘पक्राउगर्नुभन्दा बढी सुरक्षा देउ’ भन्ने माथिको आदेश प्राप्त भएपछि प्रहरी पनि अहिले त्यसै गरिरहेको छ । र नेताहरु चाहीँ एकले अर्काेलाई बचाउने र फसाउने खेलमा सक्रिय बनेका छन् ।

एमालेसचिव टोपबहादुर रायमाझीविरुद्धपक्राउ पुर्जी जारी हुँदासम्मकाँग्रेस सभापति शेरबहादुर देउवा बोलेका थिएनन् । तर थुनामारहेका बहालवाला सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नामसमेत किटान गरेपछि देउवा बोल्न बाध्य बने ।सभापतिको शरण खोज्दै खाँण धुम्बाराही पुगेपछि देउवाले त्यहीबाट प्रधानमन्त्री प्रचण्ड र आईपीजी बसन्त कुँवरलाई फोन गर्दै सचेत बनाए । जहाँ उनले एमालेका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा समेत आपत्ति जनाएका थिए । झन आफ्नै पत्नी आरजु राणा देउवा र खाँण पत्नी मञ्जुको अडियो टेप सार्वजनिक भएपछि अब देउवालाई एमाले बचाएर आफ्नालाई पनि बचाउने र केश ढिसमिस बनाउने दबाब परेको छ ।

यसका एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री प्रचण्डले पनि साथ दिइरहेका छन् । नत्र ओली–देउवाको सहकार्यमा सरकार बन्ने र नक्कली शरणार्थीको फाइल खोलेकै कारण सत्ता बहिर्गमन हुने बुझेका प्रचण्ड पनि अब मुद्धा अघि नबढाउने निष्कर्षमा छन् ।फलतः बाहिर उनीहरुले बोलिरहेका कुरा र परिमाणले देखाइरहेको यथार्त नितान्त फरक देखिएको छ ।

बाहिर एमाले अध्यक्ष ओली दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस् भन्दै प्रधानमन्त्री प्रचण्डमाथि प्रहार गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि भ्रष्टाचारीहरुविरुद्ध कास्टीङ सुरु भएको भन्दै पुरा फिल्म आउने बताइरहेका छन् । टोपबहादुर रायमाझीलाई पक्राउ गर्नुभन्दा धेरै समय प्रधानमन्त्रीले ओलीसँगको वार्तामा विताएका छन् । यसैले अब रायमाझी पक्राउ पर्ने सम्भावना सकिएको छ । बालकृष्ण खाँण दाम्पत्ति र देउवा पत्नी जोडिएपनि कानुनी दायरामा ल्याएर अनुसन्धान थाल्ने ताकत प्रधानमन्त्रीले देखाएका छैनन् ।बरु सुटुक्क प्रहरीकोमा पुगि बालकृष्णले आफ्नो पक्षमा माहोल मिलाएर फर्किएका छन् ।

अहिले थुनामै रहेकाहरुलाई पनि बयान फेर्न लगाएर मुद्धा अघि नबढाउने कुरामा देउवा, प्रचण्ड र ओलीमात्रै होइन । प्रहरी पनि निश्चिन्त बनेको छ । तर ‘कुहिरोमा हराएको काग’ जस्तो बनेका दोस्रो पुस्ताका नेताहरु खपतका लागि आवेग ओकलिरहेका छन् ।शीर्ष नेतृत्वबीच एक खाले सहमति भएर ‘केशढीसमिस’हुने पक्का बनेका बेला दोस्रो पुस्ताले यसलाई प्रतिष्ठाको विषय बनाएर दन्तबझान गरिरहेका छन् ।

नक्कली शरणार्थीकै विषय बाहिरीएपछि एमाले अध्यक्ष ओली प्रचण्डसँग गल्न बाध्य बने । संवैधानिक परिषद्मा ओलीले बहुमतको दम्भ देखाउँदा रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया एकाएक सोमबार सम्पन्न भयो । टोपबहादुरलाई बचाउन ओलीले प्रधानन्यायाधीशको नियुक्तीप्रचण्डसंग साटेपछि हरिकृष्ण कार्की अबको प्रधानन्यायाधीश बन्दैछन् ।संवैधानिक परिषद् सम्बन्धि विधेयकमा समेत प्रचण्डले भनेजस्तै गर्न ओली तयार हुनेछन् ।

नागरिकता विधेयकदेखि संसदीय गतिरोधमा अब प्रचण्डलाई ओलीको साथ रहनेछ ।एमालेसँग जोडिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनका छोरा प्रतिक, सुरक्षा सल्लाहकार इन्द्रजित राई र टोपबहादुरका छोरा सन्दीप पनि जुनसुकै बहानामा जतिबेला पनि छुट्न सक्छन् ।गृहमन्त्री नारायणकाजी श्रेष्ठको उर्जा र भ्रष्टाचारविरुद्ध उभिएर सुशासन दिने सरकारको नारा भने ‘हाई प्रोफाइल’को ओजले थिचिएर विलाउने निश्चित छ ।