काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । आज (मङ्गलवार) बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् ।
यस्तै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको छ । उनले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताएका छन् ।


प्रतिक्रिया