Breaking

प्रि-बजेटबारे आज पनि छलफल, बुधबार अर्थमन्त्रीले जवाफ दिने


काठमाडौँ – आइतबारदेखि सुरू संसद्‌को बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि-बजेटमाथि छलफल जारी छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रि-बजेटमाथि छलफलको कार्यतालिका रहेको छ । बिहान १०ः३० बजेबाट सुरू हुने बैठकमा आइतबार संसद्‌मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (बुधबार) जवाफ दिने कार्यक्रम रहेको छ ।