मनोरञ्जन

‘लेकाली कान्छी क्या राम्री’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ – गायक छिरिङ शेर्पा र डान्सिङ स्टार्स नेपालकी विजेता छिरिङ डोमा शेर्पाको ‘लेकाली कान्छी क्या राम्री’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काठमाडौँमा एक कार्यक्रमका बीच ‘लेकाली कान्छी क्या राम्री’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
आङ निमा शेर्पाको शब्द, लाक्पा शेर्पाको कम्पोज र पवन वाङ लामाको एरेन्जमा रहेको गीतमा छिरिङ शेर्पा र छिरिङ डोमा शेर्पाको स्वर रहेको छ ।

म्युजिक भिडियोमा मिङमा सोनाम शेर्पा, छिरिङ शेर्पा, अक्षता पौडेल र पेम्बा छिरी शेर्पाको अभिनय छ । भिडियोको निर्देशन ङिमा गेलु शेर्पा तथा सम्पादन मिङमा सोनाम शेर्पाले गरेका हुन् ।

भिडियोमा युवायुवतीको सुमधुर प्रेमलाई प्रस्तुत गरिएको छ भने शेर्पा समुदायको भेषभुषालाई देखाइएको छ । भिडियोमा एक युवकले आफुले मनपरेको मान्छेको रुपको प्रशंशा गर्दै माया पिरती जोडन अनुरोध गरेको देखिन्छ । युवतीले भने नचिनेको/नबुझेको मान्छेसँग माया लाउन नसकिने कुरा म्युजिक भिडियोमार्फत देखाइएको छ ।
म्यूजिक भिडियोलाई दर्शकले रूचाउनेमा विश्वस्त रहेको गायक छिरिङ शेर्पाले बताए । म्युजिक भिडियो छिरिङ दाई यूट्युब च्यानल मार्फत बजारमा आएको छ ।