काठमााडौँ — प्रतिनिधिसभामा आईतवारदेखि बर्खे अधिवेशनको दोस्रो बैठक अर्थात बजेट अधिवेशन सरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै सासंदहरुले आगामी वर्षको बजेट कस्तो हन पर्दछ भनेर अर्थमन्त्रीलाई सझाव दिईरहेका छन् तर लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकार भने आगामी आर्थिक वर्ष २०८०/८१ मा खर्च कटौतीको नीति लिनुपर्ने दबाबमा छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा आईतवार बाट सरु भएको बर्खे अधिवेशन अर्थात प्रि–बजेट अधिवेशनमा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने भन्दै स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको बताए । अहिलेको अवस्थामा पपुलिष्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यक भएको तर्क गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने,बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन समेत गरे ।
त्यस्तै नेपाली कांग्रेसकी सांसद कमला पन्तले राष्ट्रियसभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छिन् । कांग्रेस सांसद पन्तले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् । बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं भन्दै उनले आक्रोश समेत पोखीन । त्यस्ते उनले अव्यवस्थ्ति बसोबासलाई व्यवस्थित बनाएर एकीकृत वस्ती विकासको अवधारणा कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिइन् । सासंद पन्तले अर्थतन्त्र चलायमान हुन्छ भने बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने भन्दै पाँच सय र हजारका नोटलाई ब्यान्ड गर्न समेत सरकारको ध्यानकर्षण गराईन ।
त्यस्तै अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । उनले दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको तर त्यसबाट अर्थतन्त्र कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए । उनले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिने भन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताए ।
हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन । अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ, यसमा सुधार गर्नुहोला भन्ने आग्रह समेत गरे । अब हैरानी र झन्झट्को दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने उनको भनाई थियो ।
सोमवारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि नेकपा एमालेका सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले प्रि–बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि सोमवारको प्रतिनिसभाको बैठक १५ मिनेटका लागि स्थगित समेत गरिएको थियो । तर, राष्ट्रिय सभाको बैठकमा पनि प्रि बजेट छलफल चलिरहेको र उक्त बैठकमा अर्थमन्त्री सहभागी रहेको भन्दै उपसभामुखले सांसदहरुलाई सम्झाएका थिए ।
प्रतिक्रिया