काठमाडौँ — परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी बेगनास तालमा मृत फेला परेका छन् । अन्दाजी ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया