Uncategorized

जब संसद् बैठकमै सांसद अमरेशले लुगा खोल्न थाले, अनि भयो हंगामा (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले बोल्ने समय दुबै जनालाई समय दिएनन् । त्यसपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले । उनले सर्टदेखि भित्री भेस्टसम्म फुकालेर सर्वाङ्ग बने ।

उनले धमाधम लुका फुकाल्न थालेपछि सभामुख नै एकछिन अलमलमा देखिए । सभामुखले पटक पटक उनलाई चेतावनी दिइरहे । यस्तै अन्य सांसदहरुले पनि आसनबाट उठ्दै अमरेशको हर्कतको आलोचना गरे । उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए । उनले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि अमरेश संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो । सभामुखको लगातारको चेतावनीपछि अमरेशले आफूले फुकालेको लुगा लगाए भने त्यसपछि सदन सहज ढंगले अगाडि बढ्यो ।