Breaking

बेलायतका राजा चाल्र्स तृतीयले पहिरिए राजमुकुट, समारोह हेर्न हजारौँको भीड, राजा नमान्ने देशहरुले पनि स्वीकारे निम्तो


काठमाडौँ — बेलायतमाका राजा चाल्र्स तृतीयले एक विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् । पछिल्लो ७० वर्षमा बेलायतमा भएको पहिलो राज्याभिषेक समारोहमा उनले राजमुकुट पहिरिएका हुन् । यो मुकुट उनको शिरमा एक घण्टाभन्दा कम समय रह्यो भने अब उनले यो कहिल्यै पहिरिने छैनन् । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहले विश्वको ध्यान लन्डनतिर खिचिएको छ  । राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेकमा राजमुकुट पहिरिएका हुन । बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको छ  । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन्  ।

राजा चाल्र्सले राज मुकुट पहिरिएको उक्त समारोहमा विश्वका नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै २ हजार पाहुना सहभागी छन् । २.२३ किलो तौलको सुन र हीरा जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । बेलायतको राजाको राज्याभिषेक एक प्रतिकात्मक धार्मिक समारोह पनि हो । यतिबेला राजालाई ताज लगाइन्छ । यो प्रतिकात्मक समारोहका बेला सम्राट्को टाउकोमा साँच्चै नै मुकुट राखिएको हुन्छ । यस राज्याभिषेकसँगै राजा चाल्र्स औपचारिक रूपमा चर्च अफ इङ्गल्यान्डको प्रमुख बनेका छन् भने उनले यससँग सम्बन्धित उपाधिका साथै अधिकार प्राप्त गरेका छन् । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

वेस्ट मिन्स्टर एबीमा विम्वहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोह जारी छ । समारोहमा चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिसँगै उनले राजमुकुट पहिरिएका हुन् । पत्नी क्वीन कन्सोर्ट कमिलाका साथ उनी बकिङ्घम दरबारबाट समारोहका लागि निस्कंदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिड लागेको थियो ।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू छन् । समारोहमा प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गरेका थिए । यसअघि रेलमार्फत लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ पुगेका छन् । समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजाइएको थियो भने त्यसमा १२ वटा नवनिर्मित धुनहरु समावेश गरिएका छन् ।

राज्याभिषेक पछि, चार्ल्स र रानी क्यामिला गोल्ड स्टेट कोचमा बसेर राजमहल फिर्ता हुनेछन् । यो बग्गी सन् १८३० पछि हरेक राज्याभिषेकमा प्रयोग हुँदै आएको छ । ७० वर्षमा भएको सबैभन्दा ठुलो सैन्य समारोहमा सशस्त्र सेनाका ६ हजारभन्दा बढी सैनिक सहभागी छन् । बेलायत र राष्ट्र मण्डलका सदस्यहरूका सेनाहरू लन्डनमा शाही जुलुसमा सामेल छन् । राज्याभिषेक हेर्न हजारौँ पूर्व सैनिकलाई पनि निमन्त्रणा गरिएको छ । यी पूर्व सैनिकहरूका लागि विशेष मञ्च पनि बनाइएको छ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यारोहण गरेका चार्ल्स संसारकै सबैभन्दा बढी उमेरका राजा हुन् । उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् । समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी छन् । यो समारोहमा नेपालजस्ता राजतन्त्र नभएका देशहरुबाट पनि प्रतिनिधित्व रहेको छ ।