Breaking

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै


काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । शनिबार दिउँसो सुरु भएको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् । उनले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि जनाएका छन् ।

पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलापले हाम्रो सार्वजनिक संपरीक्षण गरिरहेको त छैन रु जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्दैन रु’ उनले प्रश्न गरेका छन् ।