Breaking

वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरू, अन्जान श्रेष्ठको सुरुवाती अग्रता


काठमाडौँ – उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरू भएको छ । हिजो बुधबार साँझ ६ बजे सम्पन्न भएको मतदानको नतिजा आउने क्रम जारी छ । तीन उपाध्यक्ष र सबै केन्द्रीय सदस्यतर्फको नतिजा आइसकेको छ ।

सबैतर्फको नतिजा आयपछि वरिष्ठ उपाध्यक्षको गणना सुरु भएको हो । अहिले एसोसिएटतर्फको गणना चलिरहेको छ । अहिलेसम्म १०० मत गन्दा अन्जान श्रेष्ठले ४० मत ल्याएर अग्रता लिएका छन् । यस्तै उमेशलाल श्रेष्ठ ३७ मत ल्याउँदा रामचन्द्र संघईले २३ मत ल्याएका छन् ।