Breaking

नेपाल भुटानसँग १-० ले पछि


काठमााडौँ — प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाल पछि परेको छ । काठमाडौंको दशरथ रंगशालमा खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् । खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।