देश

बाघको आक्रमणबाट २ जनाको मृत्यु


काठमााडौँ — बर्दियाको मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेको पनि बिडारीले जानकारी दिए । मधुवनमा ३ वर्षयता बाघ आक्रमणको घटनामा परी मानवीय क्षति भइरहेको छ ।