Breaking

महेन्द्र मोरङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुले तालाबन्दी


काठमाडौँ – विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिन थालेपछि अनेरास्ववियु त्यसको प्रतिकारमा उत्रेका खनालले जानकारी दिए । क्याम्पस प्रशासनले विद्यार्थीहरूमा गैर जिम्मेवार तरिकाले भोट मागेको उनले बताए ।उनले भने, ‘क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनी धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेका हौँ ।’