Breaking

रविको छबिमाथि प्रहार, रास्वपामा संकटका स्वर, आफ्नै बोली महंगो प¥यो,हुरीझैं आए–बतासझैँ बाहिरिए


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्नसहितको आरोप लगाएका व्यक्तिहरु प्रतिवादमा उत्रिएका छन् । आरोप प्रमाणित गर्न चुनौतीमात्रै दिइरहेका छैनन्, उल्टै उनैमाथि प्रश्नको ओइरो लगाइरहेका छन् । जसको जवाफ दिनु रविको बाध्यता बन्दैछ । रविको रवाफ र क्रेजकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीरहरलाग्दो बनेको हो । यो पार्टी, पार्टी जस्तो बन्नुमा पनिरविबाहेक अर्काे व्यक्तिको भूमिका छैन । फलतः रविको विरोध गरिहाल्ने आँट पनि पार्टीभित्र कसैमा देखिँदैन ।

रवि नै प्रस्ताव र रवि नै निर्णय हुन्, ओली, प्रचण्ड र देउवा जस्तै । तर हुरीझैं हतारिएरसरकारमा आएका रवि बतासझैँ बहकिएर बाहिरिएका छन् । पार्टी गठनको ६ महिनाकै अवधिमा निर्वाचन हुँदै सरकारको उपप्रधानमन्त्रीसम्म हुने रफ्तार समाएका रवि यसैकारण अहिले प्रश्नहरुको कठघरामा छन् ।के कारण सरकारमा गए ? के कारण बाहिरिए ? उनीसँग जवाफ खोज्न थालिएको छ । रविमाथि प्रश्न उठाएकै कारण मिडिया र आलोचक आलोचित बनेका छन् ।

आइतबार आक्रोश मिश्रितशैलीमा आक्रामक प्रस्तुति दिएपछि रविमाथिको आक्रमण पनि सुरु भएको छ । उनैले प्रश्न उठाएका व्यक्तिहरु नै अहिले उनैमाथि प्रश्न तेस्याईरहेका छन् । रविले भनेका १२ भाइहरु नै बाह्रथरी प्रश्न उठाएर उल्टै रविलाई चुनौती दिइरहेका छन् । कतिले सत्ता गुमाएर होस् गुमाएको दाबी समेत गर्न थालेका छन् । कतिले महिलाको चरित्रमाथि समेत हेक्का गुमाएको आरोप लगाइरहेका छन् । पार्टीभित्र पनि रविका विषयमा अहिले कडा टिप्पणी सुरु भएको छ । पार्टीले सरकार छोड्नुभन्दा रविले सञ्चारजगत र सामाजिक क्षेत्रका व्यक्तिहरुमा चलाएको अन्धाधुन्ध फायरिङमा आत्मआलोचना गर्न समेत पार्टीभित्र आवाज उठेको छ ।

अशोभनीय, अभद्र तर छटपटीयुक्त रविको सम्बोधनलाई कानुनी राज्यका पालकहरुले अब कसरी अनुमोदन गर्छन भन्ने सार्वजनिक चासो र खबरदारीको विषय बनेको छ ।किनकि रविले आरोपसहितका प्रश्न उठाएका व्यक्तिहरु अब प्रतिवादमा उत्रिएका मात्रै छैनन्,विषयलाई जटिल बनाएर जवाफ खोजिरहेका छन् ।अब सरकारमा सहभागि भएकोदेखि, दोहोरो नागरिकता र राहदानीसहित सरकारबाट बाहिरिनु र समर्थन कायमै राख्नुको कारणसम्मको प्रश्नको जवाफ रविले दिनैपर्ने संकट पर्न थालेको छ ।के रवि फेरि पत्रकार सम्मेलन गर्दै जवाफ दिन तयार होलान् ?