Uncategorized

बार एशोसिएसनको टोली बेलायतमा


काठमाडौँ— नेपाल बार एशोसिएशसनका अध्यक्षको टोली बेलायत पुगेको छ ।

गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल कुमार पोखरेल बेलायत पुगेका हुन् ।

गैर आवासीय नेपाली संघ युकेको तर्फबाट संघका अध्यक्ष सुनिल बाबु खड्का लगायतको टोलीले उनीहरुलाई बेलायतको हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी सुरक्षाको सवालमा बेलायतमा हुने अन्तरक्रियामा सहभागी हुन उनीहरु पुगेको प्रवक्ता शर्माले बताए । कानुनी तथा संवैधानिक अधिकारका सवालमा आगामी हप्ता एक भब्य कार्यक्रम गर्न लागिएको छ ।

उक्त कार्यक्रममा कानुन व्यवसायी घिमिरे र पोखरेल विशेष प्रस्तुति दिनेछन् । उपाध्यक्ष नारायण दत्त कडेलको संयोजनमा हुने कार्यक्रम फेब्रुअरी ६ मा मिडलैण्डमा हुने प्रवक्ता शर्माले बताएका छन् ।

नयाँ कानुन र गैर आबासिय नेपालीहरुको नेपालमा रहेको सम्पती बारेको अन्तरक्रिया गैर आबासिय नेपाली संघ बेलायतको महत्वपुर्ण कार्यक्रम हुनेछ।