Breaking

प्रधानमन्त्री र लुम्बिनी प्रदेश प्रमुखबीच भेटवार्ता


काठमाडौँ — लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न शेरचन मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

उनीहरुबीच बधाई तथा शुभकामना आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको छ ।