Breaking

अन्नपूर्ण क्षेत्रमा चुङ्बा शेर्पाले कसरी खिचेका थिए हिउँ चितुवाको फोटो ?


काठमाडौँ – अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले कैद गरेको हिउँ चितुवाको फोटोले निकै चर्चा पाएको छ ।
यो चर्चासँगै नेपालका फोटोग्राफरलाई कतिले प्रश्न समेत गरेका छन् । अन्य देशको नागरिकाले दुलर्भ फोटो लिन सफल हुँदा हाम्रो फोटो पत्रकारले किन सकेनन् भने भन्ने प्रश्न उठेको छ । तर, यसको गातिलो जवाफवा इल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले तीन वर्ष अघिनै अन्नपूर्ण क्षेत्रको ४,६०० मिटरको उचाईमा १६ दिनको यात्रामा आफ्नो क्यामेरामा कैद गरिएको हिउँ चितुवाको तस्बिरले दिएको छ ।

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले आफुले तीन वर्षअघि लिएको फोटो सामाजिक संञ्जालमा पोस्ट गर्दै भनेका छन्, नेपाली बन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाले अन्नपूर्ण क्षेत्र र मनाङ क्षेत्रको ४,६०० मिटरको उचाईमा १६ दिनको यात्रामा ४,६०० मिटरमा १२ रात पालमा रातबिताई आफ्नो क्यामरामा कैद गरेका थिए ।

शेर्पाले केही समय अगाडि मात्रै हुम्लाको लिमी भ्यालीमा दुर्लभ जङ्गली याकको फोटो लिएन सफल भएको थियो ।
नातिनातिना खेलाएर बस्नुपर्ने उमेरका चुङ्बा शेर्पा फोटोग्राफीको भोक छ । उनी केही वर्षयता राइफल जत्रै क्यामरा बोकेर हिमाल, पहाड र तराईका तस्बिर खिच्नमा व्यस्त छन् । शेर्पाले फोटोग्राफी पैसाका लागि नभएर आफ्नो सपना भएको बताउछन् । एउटा हिमालको तस्बिरका लागि पूरा दिन बिताएका छन् ।

हेलिकोप्टर चार्टर गरी कालापत्थर पुगेर उनले खुम्बु क्षेत्रबाट थुप्रै तस्बिर खिचेका छन् । जोखिम मोलेर सगरमाथामै सूर्योदय र सूर्यास्तका फोटो खिचेका छन् ।

निकुञ्ज विभागले दुई वर्षका लागि देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्नउनलाई अनुमति दिएको थियो । लोपोन्मुख वन्यजन्तु र चराचुरुंगीको फोटो उनको रोजाइमा पर्छ । हिउँ चितुवा, बाघ, रातोपान्डा, चितुवा, स्नो लियोपार्ट, रेडपान्डालगायत वन्यजन्तुको डरलाग्दा तस्बिर उनले कैद गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज लाङटाङ क्षेत्रमा शेर्पा पुगेका छन् । कति पटक उनलाई वन्यजन्तुले आक्रमण समेत गरेका छन् । त्यो सम्झेर अहिले पनि उनको शरीर सिरिंग हुन्छ । हुम्लाको लिमी भ्यालीमा दुर्लभ जङ्गली याकले आक्रमण गर्न खोजेको दिनताजै छ उनको मानस पटलमा ।

शेर्पाको क्यामराले कैद गरेका तस्बिर :