Uncategorized

कुचोको पनि भाउ बढ्यो, व्यवसायीलाई कुचो उत्पादन गर्न भ्याइनभ्याई


काठमाडौँ— तिहार नजिकिएसँगै यतिबेला कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । तिहार नजिकिएसँगै यतिबेला कुचोको माग र व्यापार दुवै बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण यतिबेला व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ छ । कुचो यतिबेला नेपालमा मात्रै नभइ भारतमा पनि माग बढेको छ ।

नेपालबाट उत्पादित कुच्चो अन्य मुलुकमा आयात समेत हुने गरेको छ । नेपाली व्यवसायीले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेका छन । यद्दपी यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएको भन्दै नेपालमा कुचोको माग धेरै नरहेको व्यवसायी बताउँछन । देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको व्यवसायीको गुनासो छ । त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले पनि तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए । उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए ।

सोहीअनुरुप अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहिएको छ । तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समय भन्दा धेरै हुने गर्छ । माग अनुसारको खपत हुने सके यस्ता स–साना वस्तुबाट पनि नेपालको आर्थिक अवस्था बलियो बनाउन सक्नेमा कुनै शंका छैन ।