Breaking

संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिन्छ: बाबुराम भट्टराईको

योहो संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो । उहाँले सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनु भयो ।

उहाँले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताउनु भयो । उहाँले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकी राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रिकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ । राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो । त्यसका निम्ति सत्ता, चुनाव भनेका ति एउटा मध्येको साधन हो । त्यो मात्रै होइन ।

विभिन्न ढंगले जनपरिचालन, जनदबाब, जनचेतना जघाउने र राज्यका अंगहरुका विकृति, विसंगति छन् त्यसलाई हटाउने, लोकतन्त्रका अपूर्णता जस्ता कुराहरुलाई सुधार गर्ने आदिको निम्ति सदनबाट आवाज उठाउने एउटा पक्ष हो । मुख्य पक्ष भनेको सडकबाट, जनस्तरबाट जनअभियान सञ्चालन गर्ने कुरा हो । र सरकारमा गएर गर्ने भनेको त एक्ज्युकेटिभ फङ्शन मात्रै हो । त्यसैले यि तीनवटा कुराको समुचता राजनीति हो । तर हामीकहाँ जसरी पनि संसदमा पुग्ने र जसरी हुन्छ, पाएसम्म मन्त्री र कार्यकारी हुने भन्ने जुन प्रवृत्ति आयो । यसले देशमा ठूलो विकृति, विसंगति ल्यायो । लोकतन्त्रलाई आघात ग¥यो भनेर नै मैले अलि पहिलेदेखि नै हामीले यस