गण्डकी

दुईथान भरुवा बन्दुक बरामद


काठमाडौँ— प्रहरीले नवलपरासीबाट दुईथान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीले मध्यविन्दु नगरपालिका–१३ स्थित मैनाघाट जंगलबाट एकनाले भरुवा बन्दुक दुईथान र बारुद १०० ग्राम बरामद गरेको हो।

प्रहरीचौकी तम्सरियाबाट खटिएको टोलीले सो जंगलमा बेवारिसे अवस्थामा उक्त बन्दुक र बारुद फेला पारी बरामद गरेको जनाइएको छ ।