Breaking

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा


काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको स्ट्याटसमा भनिएको छ ।

२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा आभार व्यक्त गरेका छन् । यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरेपनि राजनीति भने नछाड्ने बताएका छन् ।