काठमाडौँ – आगामी आम निर्वाचनका लागि सिट बाँडफाँटबारे टुङ्गो लगाउन सत्ता गठबन्धनका बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान देखि बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्य सहभागी छन् ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति नजुट्दा बैठक निरन्तर जस्तै जारी छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने भएकाले सिट बाँडफाँटको सकसमा गठबन्धनका नेताहरू छन् ।
अधिकांश स्थानमा कुरा मिलेपनि केही क्षेत्रमा गठबन्धनका सबै दलले दाबी गरेपछि सहमति हुन सकेको छैन ।
प्रतिक्रिया