काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताउनुभएको छ ।
दशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको रहेको बताउनुभएको हो । व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको भन्दै उहाँले पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै भएको बताउनुभएको छ । परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी निर्वाचनमा जाने उहाँको भनाइ छ ।
उहाँले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलकाबीचमा गठबन्धन भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया