काठमाडौँ — आगामी संसदीयनिर्वाचनकालागिअसोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचनकार्यतालिका छ । यसकारण राजनीतिकदलहरु चाडपर्व चटारोभन्दाप्रत्यक्षतर्फको उम्मेदवारटुङगो लगाउनु पर्ने हतासमा छन् । तर उम्मेदवारका आकांक्षी धेरै हुँदाआन्तरिक भागवण्डा मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ ।
मंसिर चार गते एकै चरणमाहुनलागि रहेको संसदीयनिर्वाचनआउन अब ४९ दिनमात्रबाँकी छ । आगामीआइतवार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यहिहप्ताभित्रप्रत्यक्षतर्फको उम्मेदवार टुङगो लगाउनु पर्ने तनावमादलहरु छन । सिट संख्यामा सहमति नजुट्दा सत्ता घटक दलहरुलाईअहिले गठबन्धन निल्नु न ओकल्नु भएको छ ।
महिनौंदेखि दलगत भागवण्डाकै गालचक्करमा रहेको सत्ता घटक दलहरुले अझै पार्टीगत रुपमा नै सिट बाँडफाँड गर्न सकेका छैनन् ।निरन्तर छलफलका बाबजुत सहमतिजुटाउन नसक्दादलहरुले अहिले छलफल भन्दाएकले अर्कालाई धम्क्याउने,घुर्काउने मनस्थितिमापुगेका छन ।जनता समाजवादी पार्टी जसपाले सिट बाँडफाँट सम्मानजनकनभएको भन्दै एक्दै निर्वाचनमाजाने निर्णय गरिसकेको छ । यद्यपिअन्यदलसँग सहकार्यको सम्भावनानभएकोले जसपाको यो गठबन्धनलाई धम्याउने अस्त्र मात्रभएको कतिपयको बुझाइ छ ।
गठबन्धनको प्रमुखदल नेपालीकांग्रेस आफु खुम्चिएरै भएपनि गठबन्धन जोगाउन हर सम्भव प्रयास गरिरहेको छ । तर कांग्रेस सभापति शेर बहादुर देउवा सत्ता घटक दलहरु र पार्टीकै असन्तुष्ट पक्षको चेपुवामा पर्दै आएका छन । कांग्रेसभित्रका संस्थापनइतर शेखर कोइराला समूह पार्टीभित्र्र बार्गेनिङमा छ । पार्टीको आन्तरिक विवाद नै मिलाउननसकेर रनभुल्लमा परेको देउवाले गठबन्धन कसरी मिलाउलान् भन्ने चासो यतिवेला सर्वत्र छ ।
गठबन्धनबाट सबैभन्दाबढी फाइदामा नेकपामाओवादी केन्द्र र नेपालीकांग्रेसलाई नै छ । अर्कोतर्फ गठबन्धनका अन्यदलहरु पनि टुटफुटबाट भर्खरै पार्टी संगठित गर्ने चरणमा रहेकाले एक्लै निर्वाचन लड्ने सम्भावना छैन । त्यसैले एकिकृत समाजवादी,जसपाकालागिपनि गठबन्धन बाध्यताबनेको छ । यीदलले गठबन्धनकोविकल्पखोज्ने सम्भावना नरहेको बुझेका प्रचण्ड र देउवाले तत्काल सिट बाँडफाँटमा सहमति नजुटाउँदा एकीकृत समाजवादी र जसपा रुष्ट बन्नपुगेका छन् ।
प्रतिक्रिया