देश

‘बेस्ट फेसन मोडेल अवार्ड’ ङिमा ल्हमु शेर्पालाई


काठमाडौँ — हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रलाई प्रदान गरिने “बेस्ट फेसन मोडेल”अवार्ड सोलुखुम्बुकी ङिमा ल्हमु शेर्पाले जितेकी छन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा शेर्पाले अवार्ड हात पारेकी हुन् । पछिल्लो समयमा शेर्पा सौन्दर्य प्रतियोगिता र मोडलिङ क्षेत्रमा आफु सकृय बन्दै आएकी छन् ।

उत्त कार्यक्रम र्‍याडिसन होटलमा सम्पन्न भएको थियो । सो कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई अवार्ड तथा सम्मान दिइएको थियो ।