Breaking

समानुपातिकमा कुरा मिल्यो, भोलिबाट प्रत्यक्षमा सहमति खोज्ने


काठमाडौँ — टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ ।

सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ ।

देउवा र कोइराला समूहका नेताहरुबीच आज भएको समझदारीअनुसार समानुपातिकमा ७५ र २५ प्रतिशतमा सहमति भएको छ ।